शुभेन्दु मुख्यमन्त्री बन्दै, विजयले पुर्याए बहुमत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २६, शनिबार ०९:०२

एजेन्सी । भारतको राजनीति दुई ठूला घटनाका कारण चर्चामा छ । पश्चिम बंगालमा पहिलोपटक भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार बन्न लागेको छ भने तमिलनाडुमा अभिनेता राजनीतिज्ञ विजय थलापतिको पार्टी टीभीकेले बहुमत जुटाउँदै सरकार गठनको तयारी गरेको छ ।

पश्चिम बंगालमा भवानीपुर क्षेत्रबाट पूर्वमुख्यमन्त्री ममता बनर्जीलाई पराजित गरेका शुभेन्दु अधिकारीले शनिबार नयाँ मुख्यमन्त्रीका रूपमा शपथग्रहण गर्दैछन् । कोलकाताको ब्रिगेड परेड मैदानमा आयोजना गरिने समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष लगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।

Advertisement

हालै सम्पन्न निर्वाचनमा भाजपाले २९४ मध्ये २०७ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ । यससँगै तृणमूल कांग्रेसको १५ बर्से शासन अन्त्य भएको छ । पार्टी ८० सिटमा सीमित भएको छ ।

यता तमिलनाडुमा अभिनेता विजय थलापतिको नेतृत्वमा रहेको टीभीके पार्टीले वामपन्थी दलहरूको समर्थन पाएपछि सरकार गठनका लागि आवश्यक बहुमत पुर्‍याएको छ । टीभीकेले १०८ सिट जितेको थियो भने कम्युनिष्ट पार्टीहरू, भीसीके र कांग्रेसको समर्थनपछि बहुमत सुनिश्चित भएको बताइएको छ ।

स्रोतअनुसार विजय थलापतिले राज्यपालसमक्ष सरकार गठनको दाबी पुनः पेस गरेका छन् । उनको शपथ ग्रहण समारोह आइतबारलाई तय भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.