इरानसँगको संघर्ष छिट्टै अन्त्य हुने पुटिनको विश्वास

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ०९:३०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँग चलिरहेको संघर्ष छिट्टै अन्त्य हुने आशा व्यक्त गरेका छन्। शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले यदि तनाव कम नभएमा यसबाट सबै पक्षलाई नोक्सान हुने चेतावनी दिए।

यो संघर्ष निकै जटिल रहेको उल्लेख गर्दै उनले यसले रुसलाई समेत अप्ठ्यारो स्थितिमा पारेको बताए। इरान र फारसको खाडीका देशहरूसँग रुसको मैत्रीपूर्ण सम्बन्ध रहेकाले पनि शान्तिपूर्ण समाधान आवश्यक रहेको उनको भनाइ थियो।

Advertisement

इरान र अमेरिकाबीच चलिरहेको वार्ताको सन्दर्भ जोड्दै पुटिनले भने, ‘मेरो विचारमा कुनै पनि पक्षलाई यो संघर्ष लम्ब्याउन रुचि छैन।’ हालै इरानका विदेशमन्त्री अब्बास अराघचीले रुस भ्रमणका क्रममा राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए।

रुसले यसअघि पनि सबै पक्षलाई शान्ति स्थापनाका लागि अपिल गर्दै आएको छ। राष्ट्रपति पुटिनले आवश्यक परेमा रुस इरान र अमेरिकाबीच मध्यस्थता गर्न समेत तयार रहेको बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.