चीनकाे कोइला खानीमा ग्यास विष्फोट हुँदा ९० जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ९, शनिबार १५:२१

काठमाडाैं । उत्तरी चीनको सान्सी प्रान्तमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा ९० जना श्रमिकको मृत्यु भएको छ । तोङझाउ ग्रुपद्वारा सञ्चालित ‘लिउसेन्यु कोइला खानी’ मा शुक्रबार बेलुका दुर्घटना हुँदा ९० जनाकाे मृत्यु भएको हो ।

विष्फोट स्थानीय समय अनुसार शुक्रबार बेलुका १९:२९ बजे भएको थियो, त्यतिबेला २४७ जना श्रमिकहरू कार्यरत थिए । दुर्घटनामा घाइते भएका १०० भन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको छ भने खानीभित्र फसेकाहरूको खोजी र उद्धार कार्य अझै जारी रहेको छ ।

Advertisement

घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनपिङले घाइतेहरूको उपचार र जीवित रहेकाहरूको खोजीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
अमेरिका–इरान थप टकरावको जोखिम बढ्दै, खाडी र युरोपेली शक्ति कूटनीतिक दौडमा
२७ देशद्वारा आपतकालीन आर्थिक सहयोग माग
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
मिल्स गोल्डकपः झापालाई हराउँदै उदयपुर सेमिफाइनलमा 
ओली नेतृत्वमै समस्या समाधानको पक्षमा एमाले सचिवालय
सचिवालयमा एक्लिए ओली, तर, नेतृत्व नछाड्ने अडान
अलकत्राको भाउ बढ्दा राेकियाे महेन्द्र राजमार्गकाे कालोपत्र
वीरेन्द्र साहलाई केन्द्रीय सहकारी विभाग सदस्यको जिम्मेवारी
मोरङमा पहेँलो धातुको टिल देखाएर लुटपाट गर्ने गिरोह फेरि सक्रिय, पुरानै अभियुक्त पक्राउ
नेपाली कांग्रेस लाैकही भेलाकाे २८ बुँदे संकल्प (पूर्णपाठ)
ताप्लेजुङको टिप्ताला नाका पुनः सञ्चालनमा 
ताप्लेजुङको टिप्ताला नाका पुनः सञ्चालनमा 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.