खामेनीको तीन महिनापछि अन्त्येष्टिको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार ०८:०३

एजेन्सी । अमेरिका र इजरायलको आक्रमणबाट तीन महिनाअघि मारिएका इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि गरिने भएको छ ।

तीन दिनको राष्ट्रिय शोक घोषणा गरेर देशभरका धेरै प्रमुख सहरहरूमा अन्त्येष्टि जुलुस निकालिने भएको छ । साथै, तेहरानमा २४ घण्टा चल्ने कार्यक्रममा २ करोड जनताको उपस्थिति हुने अपेक्षा गरिएको छ ।

Advertisement

इरानको सरकारी प्रसारक आईआरआईबीले तेहरानका सांस्कृतिक तथा सामाजिक मामिलाका उपमेयर मोहम्मद अमीन तवाकोली–जादेहले खामेनीकोको बिदाइ समारोह र अन्त्येष्टिको तयारी अन्तिम चरणमा रहेको बताएको उल्लेख गरेको छ । उनले अन्त्येष्टिको निश्चित मिति तोकेनन् । तर, यो इस्लामिक क्यालेन्डरको पहिलो महिना मुहर्रमको सुरुमा हुनसक्ने बताए ।

यो जुनको मध्यमा पर्छ । जादेहका अनुसार तेहरानमा अन्त्येष्टि जुलुस कम्तिमा २४ घण्टासम्म चल्नेछ । त्यसपछि खामेनीको शवलाई पवित्र सहर कोम र त्यसपछि मशहद लगिनेछ । अधिकारीहरूका अनुसार, खामेनीको मशहदमा रहेको इमाम रेजा (अस)को पवित्र दरबारमा अन्त्येष्टि गरिनेछ ।

अधिकारीका अनुसार शव यात्रामा विशेष गरी पाकिस्तान, अफगानिस्तान, भारत, बंगलादेश र कश्मीर क्षेत्रबाट ठूलो संख्यामा विदेशी तीर्थयात्रीहरू आउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.