
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाबाट प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।
सुनवर्षी नगरपालिका–२ अमरदहका ३६ वर्षीय रुस्तम मियाँलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनकाअनुसार सुनवर्षी नगरपालिका–१ स्थित भित्री सडक खण्डबाट मियाँको साथबाट १५.३७० ग्राम ब्राउन सगुर बरामद गरे हो ।
भारतीय नम्बर प्लेट बीआर ३७ एचएच २८३१ को मोटरसाइकलमा सवार मियाँलाई बुधबरा बिहान शंका लागेर प्रहरी टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला परेको थियो ।
पक्राउ परेका मियाँ र उनले प्रयोग गरेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























