
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा मंगलबार उनीहरूबीच भेटवार्ता भएको हो । आजै उनले विदेश मन्त्री एस जयशंकरलाई पनि भेटेका थिए ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।
पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका सभापति लामिछानेलाई आज भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबिनले पार्टी कार्यालयमा भब्य स्वागत गरेका थिए ।



















