भारतीय ग्यास ट्यांकरको ठक्करबाट गम्भीर घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार ०६:५०

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित एभरेष्ट प्लाई फ्याक्ट्री नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय ग्यास ट्यांकरको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको एनएल ०१ एए ०५३७ नम्बरको भारतीय ग्यास ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५१ प ३८९ नम्बरको मोटरसाइकललाई मंगलबार राति ८ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुनसरी दुहबी नगरपालिका–४ का २७ वर्षीय मोहमद यासु राई घाइते भएका हुन् ।

Advertisement

उनीलाई प्रारम्भिक उपचारका लागि झुम्कास्थित साही अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम रेफर गरिएको प्रहरीले जनाएको छ । दाहिने खुट्टा र ढाडमा चोट लागेका राईको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतीय ट्यांकर र चालक बिहार राज्य बेगुसराय जिल्ला बरौनी थाना पपरौरका ३९ वर्षीय मोहमद फिरोज आलमलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट ट्यांकर चालकको लापरबाहीका कारण दुर्घटना भएको पत्ता लागेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.