रवि लामिछाने र नरेन्द्र मोदीबीच भेट हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार ०६:३८

दिल्ली । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज (बुधबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय गृहमन्त्री, विदेशमन्त्रीदेखि भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटघाट गरिसकेका छन् । मोदीसँगको भेटलाई नेपाल–भारत सम्बन्ध, राजनीतिक सहकार्य तथा दुई देशबीचको जनस्तरको सम्बन्धका दृष्टिले चासोका साथ हेरिएको छ ।

Advertisement

रास्वपाका अनुसार भेटवार्तामा लोकतान्त्रिक अभ्यास, युवा पुस्ताको राजनीतिमा बढ्दो सहभागिता र विकास सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सांसद विपिनकुमार आचार्य, दीपकराज बोहरा, नीतिका पौडेल र प्रदीप आचार्य सहभागी छन् । लामिछानेले भारतस्थित नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.