एसइई कप: बिकेभिएम, डनबस्को र नरग्राम क्वाटर फाइनलमा

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १६:५२
एसइई कप: बिकेभिएम, डनबस्को र नरग्राम क्वाटर फाइनलमा

विराटनगर । विराटनगरमा जारी ५ औँ एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिकेभिएम, डनबस्को र नरग्राम विजयी हुँदै क्वाटर फाइनलमा पुगेका छन् ।

पोखरिया युथ केयर एकेडेमीको आयोजना तथा विराटनगर महानगरपालिका–१ को सहकार्यमा विराटनगरको भट्टा चोकस्थित परोपकार खेल मैदानमा भएको खेलमा बिकेभिएम, डनबस्को र नरग्राम विजयी हुँदै क्वाटर फाइनलमा पुगेका हुन् ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा विराटनगरको बालकल्याण विद्या मन्दिर (बिकेभिएम) ले विराटनगरकै दिल्ली पब्लिक स्कुललाई २–१ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ । बिकेभिएमका लागि प्लेयर अफ द म्याच समिर खड्काले २ गोल गरे भने एक मात्र सान्त्वना गोल दिल्ली पब्लिकका लागि रुद्रमाजी गरे ।

अर्को खेलमा, विराटनगरको डनबस्को स्कुलले विराटनगरकै ज्ञान सारथि स्कुललाई ८–० को फराकिलो गोलमा पराजित गर्दै क्वाटर फाइनलमा पुगेको छ । डनबस्काका लागि प्रकाश कामतले  ४ गोल, तनोज राजवंशीले २ गोल तथा गायस बुढाथोकी र सफल कट्टेलेले १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको प्लेयर अफ द म्याच तनोज राजवंशी भए ।

त्यस्तै, अर्को खेलमा मोरङको बुढीगंगास्थित टंकीसिनवारीको नरग्राम माविले राधाकृष्ण माविलाई ४–३ गोलमा हराउँदै क्वाटर फाइनलमा पुगेको छ । खेलको निर्धारित समयमा दुवै टोलीबाट समान १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । नरग्रामका लागि प्लेयर अफ द म्याच प्रदीप बुढाथोकी र राधाकृष्णका लागि अविनाश मण्डल गोल गरेका थिए ।

इटहरीको सनसाइन बोर्डिङ स्कुलले जनता माविलाई २–१ गोलमा पराजित गर्दै पहिलो चरणमा प्रवेश गरेको छ । सनसाइनका लागि प्लेयर अफ द म्याच उज्ज्वल मगरले २ गोल गर्दै टोलीलाई विजयी बनाए । जनताका लागि एक मात्र गोल भुवन अधिकारीले गरे ।

प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल विराटनगरको महेन्द्र मावि र सत्यनारायण मावि, दोस्रो खेल विराटनगरको सनसाइन स्कुल र कोशी मोडल तथा तेस्रो खेल आदर्श मावि र सनसाइन खनारबीच हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×