बागमतीलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

Share this
850shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १४:१४
बागमतीलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

काठमाडौें । साविक विजेता बागमती प्रदेशले १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै बागमतीले उपाधि जितेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश १९ स्वर्ण, ९ रजत र १४ कांस्य पदका साथ दोस्रो भयो । १२ स्वर्ण, १५ रजत र १८ कांस्य पदक जित्दै लुम्बिनी प्रदेश तेस्रो भयो । ५ स्वर्ण, २ रजत र १८ कांस्यसाथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कांस्यका साथ कोशी प्रदेश पाँचौँ, ३ स्वर्ण, ६ रजत र ६ कांस्यसाथ मधेस प्रदेश छैटौँ तथा २ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ कर्णाली प्रदेश सातौँ स्थानमा रहे ।
तीन दिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।

खेलाडीलाई राखेपका सदस्यसचिव रामचरित्र मेहतालगायतले पुरस्कार प्रदान गरे । पदक विजेतालाई करिब १२ लाख नगद पुरस्कार वितरण गरिएको प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिए ।

प्रतियोगिताको १७ औँ संस्करण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×