उपाधिसहित छनोट यात्रा टुंग्याउने नेपालको लक्ष्य

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार ०६:४९

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधिका लागि नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा जारी प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछ । सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै सहज रूपमा फाइनल यात्रा तय गरेको थियो । उक्त खेलमा नेपाली टोलीले बलिङ र ब्याटिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको थियो ।

यता हङकङले पनि सेमिफाइनलमा मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । प्रतियोगिताभर दुवै टोलीले प्रभावशाली खेल देखाएकाले फाइनल प्रतिस्पर्धात्मक एवं रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको तेस्रो स्थानका लागि सोमबार नै ओमान र मलेसियाबीच खेल हुँदैछ । उक्त खेल बिहान ७ः१५ बजे सुरु हुनेछ ।

सेमिफाइनलसम्म पुग्न सफल नेपाल, हङकङ, ओमान र मलेसिया चारै टोली आगामी एसियन गेम्सका लागि छनोट भइसकेका छन् । नेपालले अब उपाधिसहित छनोट यात्रा टुंग्याउने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×