नेपाली बास्केटबल टोली चीन प्रस्थान 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार २०:०६
नेपाली बास्केटबल टोली चीन प्रस्थान 

काठमाडौं । आठौँ एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार (आज) चीनको पुताउ प्रस्थान गरेको छ ।

जुन १० देखि १५ तारिखसम्म हुने ३ वाइ ३ स्वरूपको प्रतियोगितामा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाहले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा नृपेश श्रेष्ठ छन् ।

Advertisement

उक्त प्रतियोगिता मकाउमा अक्टोबरमा हुने फिसु विश्वको छनोटका रूपमा समेत रहेको नेपाल विश्वविद्यालय खेलकुद संघका महासचिव पूर्णसिंह बोहराले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता लगायतले टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.