राखेपका नवनियुक्त पदाधिकारीलाई ओलम्पियन र खेलाडी संघद्वारा स्वागत

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १८:२६
राखेपका नवनियुक्त पदाधिकारीलाई ओलम्पियन र खेलाडी संघद्वारा स्वागत

काठमाडौं । नेपाल ओलम्पियन एसोसिएसन र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यहरूलाई एक विशेष कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेका छन् ।

त्रिपुरेश्वरस्थित खेलाडी संघको कार्यालयमा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा राखेपका नवनियुक्त उपाध्यक्ष विशाल श्रेष्ठ तथा बोर्ड सदस्यहरू सिक्का सुवाल श्रेष्ठ, शक्तिप्रसाद गौचन र पवन शाहीलाई स्वागत गरिएको हो ।

ओलम्पियन एसोसिएसनका अध्यक्ष एवं कीर्तिमानी ओलम्पियन दीपक विष्ट र खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतका पदाधिकारीले नवनियुक्त पदाधिकारीहरूलाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै मायाको चिनो प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै दुवै संघका अध्यक्षहरूले नयाँ नेतृत्वको आगमनसँगै नेपाली खेलकुद क्षेत्रले नयाँ गति लिने र खेलाडीहरूको हकहितमा ठोस काम हुने विश्वास व्यक्त गरे ।

नवनियुक्त बोर्ड सदस्य मोनालिसा खम्बु भने कार्य व्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकिनन् । उनी रोहिंग्या शरणार्थी समुदायलाई चेस (बुद्धिचाल) प्रशिक्षण दिनका लागि बिहीबार नै बंगलादेश प्रस्थान गरेको जानकारी दिइएको छ । कार्यक्रममा विभिन्न खेलका खेलाडी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×