एसियाली फेन्सिङ खेलमा भाग लिन नेपाली टोली भारत जाँदै 

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १६:३०
एसियाली फेन्सिङ खेलमा भाग लिन नेपाली टोली भारत जाँदै 

काठमाडौं । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मंगलबार भारतको दिल्ली जाने भएको छ ।

जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिए । फोयलको पुरुषमा ज्ञानेन्द्र तिमिल्सिना, अनुप भण्डारी, बुद्धिष्टबहादुर लामा र भुवन मल्लिक तथा महिलामा अनिता अधिकारी, मनिषा श्रेष्ठ, उर्मिला माझी र सोफिया चन्दले प्रतिस्पर्धा गर्ने छन् ।

इपीको पुरुषमा सोयबमान श्रेष्ठ, जंग गिरी, प्रशान्त तामाङ र सुकीराम तामाङ तथा महिला अनिता कार्की, माया चौधरी, पुजनकुमारी कुमाल र कृपा गुरुङले खेल्ने छन् ।

मुख्य प्रशिक्षकमा ओमकार सिंह, प्रशिक्षकमा राजेन्द्र गजुरेल र व्यवस्थापकमा अलिसा अधिकारी छन् । सातौँ राष्ट्रिय फेन्सिङ प्रतियोगितामा हासिल गरेको उपलब्धिलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको महासचिव श्रेष्ठले बताए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×