कोशीमा सक्षम छोरी कार्यक्रम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १, सोमबार १७:२७

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष सक्षम छोरी कार्यक्रम चलाउने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरी सरकारले सो कार्यक्रम घोषणा गरेका हो ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरेका हुन् । यो कार्यक्रमबाट २ लाख ७५ हजार छात्रा लाभान्भित हुने सरकारको अपेक्षा छ ।

Advertisement

प्रदेश सरकारले १०० वडा सामुदायीक विद्यालयमा डिजिटल बोर्ड राख्नका लागि १० करोड बजेट विनियोजन गरेको छ । शिक्षा र खेलकुदका लागि सरकारले ३ अर्ब १० करोड बजेट विनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.