साताको पहिलो दिन सुन र चाँदीको मूल्यमा वृद्धि

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १०:४८
सामान्य बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार सुनको मूल्यमा ६०० रुपैयाँ र चाँदीको मूल्यमा ५० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर दुई लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ।

शुक्रबार चार हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×