रास्वपाको महाधिवेशनमा बाउन्सरबाट सुरक्षा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ७, आइतबार १३:४४

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशन चितवनको सुरक्षामा बाउन्सर टोली पनि परिचालन भएको छ । महाधिवेशनको उद्घाटन स्थल र आसपासको क्षेत्रमा भीड नियन्त्रण गर्न रास्वपाले निजी सुरक्षाकर्मी र बाउन्सरको टोली परिचालन गरेको हो ।

टाउकोदेखि पाउसम्म कालो ड्रेसमा ठाँटिएका यी युवाहरू महाधिवेशन स्थलको गेट, मञ्च आसपास र पार्किङ क्षेत्रमा सक्रिय देखिन्छन् । यी सुरक्षाकर्मीहरू चितवनको भरतपुरस्थित गढी सेक्युरिटी कम्पनीका हुन् ।

Advertisement

कम्पनीका मार्केटिङ म्यानेजर राजेन्द्र गोलेका अनुसार, महाधिवेशनको सुरक्षा र पार्किङ व्यवस्थापनका लागि बाउन्सरसहित १०० जनाको टोली खटाइएको जानकारी दिए ।

रास्वपाको महाधिवेशन उद्घाटन जिल्ला प्रहरी कार्यालय नजिकै रहेको गेष्टहाउस चौरमा भइरहेको छ । महाधिवेशनकाे सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे टाेली पनि परिचालित छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.