रास्वपा उपसभापतिमा डाक्टर वाग्ले निर्विरोध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार ०८:३५

काठमाडौं । डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्।

Advertisement

​आफ्नो दाबी फिर्ता लिएका श्रेष्ठ आफैँ वाग्लेको प्रस्तावक बसेर नयाँ नेतृत्व चयनमा एकताको सन्देश दिएका छन् । यसअघि पार्टीको केन्द्रीय नेतृत्व अन्तर्गत सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

​रास्वपाको परिमार्जित विधान अनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह-महामन्त्री रहने व्यवस्था छ।

सोही व्यवस्था बमोजिम निर्विरोध भएका बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि भने निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.