यस्तो छ विदेशी मुद्राको विनिमयदर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १६, मंगलबार ०६:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

निर्धारित विनियमदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तथा युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा छ ।

Advertisement

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा एवं अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २२ पैसा र बिक्रीदर २२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २० पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा एवं कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा तय गरिको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१ रुपैयाँ २७ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा एवं भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.