मोरङलाई प्रदेशमै प्रथम बनाउने एभरेस्टका पौडी खेलाडी सम्मानित

Share this
643shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार १९:१४
मोरङलाई प्रदेशमै प्रथम बनाउने एभरेस्टका पौडी खेलाडी सम्मानित

विराटनगर । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा मोरङ जिल्लालाई प्रथम बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने एभरेस्ट स्कुलका खेलाडीहरूलाई सम्मान गरिएको छ। विद्यालयमा एक कार्यक्रम आयोजना गरी जिल्लाको प्रतिनिधित्व गर्दै १६ वटा पदक जित्न सफल ६ जना खेलाडीहरूलाई सम्मान गरिएको हो।

विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विद्यार्थीहरूलाई सम्मान गरे । उनले प्रदेशमा जिल्लालाई प्रथम बनाउन तपाईंहरूले खेलेको भूमिकाले एभरेस्टको गरिमा समेत बढेको बताए । कोशी प्रदेश पौडी संघको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरीमा सम्पन्न प्रतियोगितामा मोरङ प्रथम भएको थियो । जसमा एभरेस्ट स्कुलबाट जिल्ला स्तरीय टिममा सहभागी ६ खेलाडीले मात्र ३ स्वर्णसहित १६ पदक जितेका थिए ।

एभरेस्टका तर्फबाट आरध्य पाण्डेले २ वटा स्वर्ण पदक जितेका थिए । पाण्डेले ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण दिलाए । यस्तै, धावा तामाङले १ स्वर्ण (५० मिटर बटरफ्लाई),  ४ वटा रजत, १ कास्य पदक जिते । तामाङले फ्रिस्टाएल विधाका ५० बटरफ्लाई स्वर्ण,  ५०, १००, ४०० र ८०० सय मिटर फ्रिस्टाइलमा रजत र २०० मिटर फ्रिस्टाइलमा रजत पदक प्राप्त गरे ।

कृतक बास्तोलाले २ वटा रजत पदक जिते । उनले ५० र १०० मिटर ब्याकस्ट्रोकमा पदक ल्याए । एभरेस्टका ओनस प्रधानले ५० र १०० मिटर ब्याकस्ट्रोक र २ कास्य पदक जिते । अर्का खेलाडी हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक प्राप्त गरे भने युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाइलमा कास्य पदक जितेका छन् ।

मोरङलाई प्रथम बनाउन जिग्सन तामाङले ५०, १००, २००, ४०० र ८०० मिटरमा कास्य पदक दिलाए भने डीपीएस स्कुलका भियान केडियाले ८ वर्ष मुनिको स्पर्धामा २५ र ५० मिटर फ्रिस्टाइलमा २ स्वर्ण पदक प्राप्त गरेका थिए ।

यस्तै, बिकेभीएमका बिसु पराजुलीले २५, ५० मिटरमा फ्रिस्टाइलमा रजत, १०० मिटर फ्रिस्टाइलमा कास्य पदक प्राप्त गरे । प्रतियोगितामा मोरङ प्रथम, भोजपुर दोस्रो र झापा तेस्रो भएको थियो ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×