सुनचाँदीको मूल्य फेरी बढ्यो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १८, बिहीबार १०:५८

विराटनगर । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ८० रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार बजारमा २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी बिहीबार बजारमा प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.