
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९४ पैसा तथा युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५० पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७३ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २१ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९६ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७० पैसा र बिक्रीदर १५ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७२ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ १० पैसा र बिक्रीदर ४०५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९७ रुपैयाँ २६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

























