बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १९, शुक्रबार ११:०५
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लु रोगका कारण आर्थिक नोक्सानी बेहोरेका किसानहरूलाई राहत दिन ५० करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयले बजेट रकमान्तर गरेर उक्त रकम पशु सेवा विभागलाई उपलब्ध गराएको हो ।

बर्डफ्लु पुष्टि भएका देशका विभिन्न ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा र दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम प्रयोग गरिने छ । विभागले यसअघि नै पीडित किसानलाई राहत दिन मन्त्रालयसँग बजेट माग गरेको थियो ।

पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट किसानहरूलाई उनीहरूको कुल क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने छ । ‘बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) आदेश २०७४’ को व्यवस्थाअनुसार मूल्यांकन गरी सो रकम वितरण गरिने विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । यी जिल्लाहरूमा सङ्क्रमण नियन्त्रणका क्रममा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको थियो । यसबाट किसानहरूको करिब ७० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गत चैत महिनादेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको यो सङ्क्रमण हाल ११ जिल्लामा विस्तार भएको छ । भाइरसको स्वरूप परिवर्तन भई थप जोखिम निम्तिन सक्ने भएकाले सम्भावित क्षेत्रमा पन्छी र पन्छीजन्य सामग्री नष्ट गर्ने कार्यलाई तीव्रता दिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी प्रभावित क्षेत्रमा निगरानी र नियन्त्रणको कार्य जारी राखिएको मन्त्रालयले जनाएको छ । सरकारको यो कदमले ठुलो आर्थिक क्षति बेहोरेका कुखुरा पालक किसानहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
झापामा आगलागी, ४२ लाखको क्षति
वर्षाले मेलम्चीको पानी धमिलिएपछि काठमाडौंमा खानेपानी वितरण रोकियो
सुधनको ‘काउन्टडाउन’, अदालतको ‘ब्रेक’
स्विट्जरल्यान्डको प्रभावशाली प्रदर्शन, अल्जेरियालाई पाखा लगाउँदै अन्तिम १६ मा स्थान सुरक्षित
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
बर्डफ्लु प्रभावित किसानलाई सरकारले क्षतिपूर्ति दिने 
सीमावर्ती क्षेत्रमा बढ्दो चुनौतीबीच मोरङमा सशस्त्र र सीमावासीबीच संवाद
इटहरीका व्यवसायीको साझा माग: ‘‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
इटहरीका व्यवसायीको साझा माग: ‘व्यवसायमैत्री नीति र लगानीको सुरक्षा’
 राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
दोहोरो नागरिकता र राहदानीमा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.