संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १३:५६

काठमाडौं । प्रतिनिधीसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहकाे खाेजी गरेका छन् । संसद्‍मा प्रमुख प्रतिपक्षी दलकाे नेता बाेल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा छ । साेमबार आङदेम्बे बाेल्दा प्रधानमन्त्री थिएनन् ।

‘संसद्‍मा जब–जब विपक्षी दलको नेताले बोल्छ । संसारमा एउटा प्रचलन छ,’ आङ्देम्बेले भने,’ विपक्षी दलका नेताले संसद्‍मा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशका प्रधानमन्त्री मुस्कुराउँदै गर्विलो आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन् ।’

विपक्षी दलका नेताले गर्ने टिप्पणी सरकारलाई मार्गनिर्देशन समेत हुने भएकाले प्रधानमन्त्री उपस्थित हुने अभ्यास रहेको उनले बताए । तर प्रधानमन्त्री बालेन अनुपस्थित हुन्छन् भन्ने आफूलाई पहिले नै लागेको पनि उनले बताए । प्रधानमन्त्री संसद्‍मा उपस्थित हुनुपर्ने र यो सम्झाइरहने आफ्नो दायित्व रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिले गरे पदभार ग्रहण
पूर्वसांसद लक्ष्मी कोइरीलाई कारागार पठाउने कारण पेश गर्न सर्वाेच्चकाे आदेश
सडकमा युवतीलाई अश्लिल अंग देखाउने कर्मचारी पक्राउ
संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले खाेजे प्रधानमन्त्री
नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा
धरान औद्योगिक क्षेत्रमा ५ उद्योगको लिज खारेज, ३५ करोडको नयाँ लगानी
एडीबी अध्यक्ष नेपालमा, प्रधानमन्त्रीले पनि भेट्ने
प्रदेशका मन्त्री र मेयरलाई कारबाही गर्ने पूर्वाधारमन्त्रीकाे चेतावनी
  सुनको मूल्य घट्यो 
साताको दोस्रो पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
एक सय केजी गाँजासहित एक भारतीय नागरिक पक्राउ 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.