नेपाल र एडीबीबीच २५ अर्बको ऋण सम्झौता, कुन–कुन क्षेत्रमा खर्च हुन्छ ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार १९:१४

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) सँग नेपाल सरकारले करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर)बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता गरेकाे छ ।

एडीबीका अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा सोमबार दुई छुट्टाछुट्टै आयोजनाका लागि यो सम्झौता भएको हो ।

सम्झाैता अनुसार साना तथा मझौला सहरमा एकीकृत पूर्वाधार निर्माणका लागि ११ करोड ५० लाख डलर खर्च गरिनेछ ।  याे रकम १३ जिल्लामा खर्च हुनेछ ।

भन्सार प्रक्रियाको आधुनिकीकरण र व्यापार सहजीकरणका लागि ५ करोड डलर खर्च गरिनेछ । यसले व्यापार लागत घटाउन र रोजगारी सिर्जनामा सघाउनेछ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे । सो अवसरमा एडीबी अध्यक्ष कान्दाले नेपालको विकास प्राथमिकतामा सदैव साथ रहने बताए ।

तपाइको प्रतिक्रिया
आपराधिक पृष्ठभूमिका अभिषेक गिरीमाथि सीआईबीले अनुसन्धान गर्ने
ट्रेड युनियनका भवन ३ दिनभित्र खाली गर्न सरकारको अल्टिमेटम
ट्रेड युनियनका भवन ३ दिनभित्र खाली गर्न सरकारको अल्टिमेटम
श्रम क्षेत्रको सुधार र ठगी नियन्त्रणमा सरकारको सक्रियता
श्रम क्षेत्रको सुधार र ठगी नियन्त्रणमा सरकारको सक्रियता
कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन ७ दिने अल्टिमेटम
नेपाल र एडीबीबीच २५ अर्बको ऋण सम्झौता, कुन–कुन क्षेत्रमा खर्च हुन्छ ?
अजय सुमार्गीमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सर्वोच्चको अङ्कुश
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
पत्रकारितामा एआईको जिम्मेवार प्रयोगको प्रतिबद्धतासहित ‘विराटनगर घोषणापत्र’ जारी
कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउनै पर्छ
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिले गरे पदभार ग्रहण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.