प्रधानमन्त्रीले भेटे एडीबीका अध्यक्ष कान्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार १२:१०

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि बालेन शाहले एक्लाएक्लै विदेशी पाहुना भेटेकाे याे नै पहिलाे हाे ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।

जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए ।

कान्दाको नेपाल भ्रमणको  क्रममा साेमबार एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता गरेकाे थियाे ।

सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.