प्रधानमन्त्रीलाई गाली गर्ने युट्युबरलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार १२:२५

पाँचथर । प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली–गलौज र अपमान गरेको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेललाई जिल्ला अदालतले कारागार चलानकाे आदेश दिएकाे छ । पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले असार १८ गते उनलाई कारागार पठाउन आदेश दिएको हो ।

युट्युब, फेसबुक र टिकटक लगायतका माध्यमबाट प्रधानमन्त्री र उनको परिवारको मानमर्दन हुने सामग्री प्रसारण गरेको अभियोग उनीमाथि छ ।

यसअघि चैत २६ गते पक्राउ परेका उनलाई चर्को विरोधपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो, तर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि अदालतले थुनामा राख्ने आदेश दिएकाे जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.