आरजु र शेरबहादुरपछि जयवीर खाेज्दै सम्पत्ति शुद्धीकरण विभाग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार ११:३६

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र काटेको छ ।

विभागले सोमबार बूढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो ।

पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको उल्लेख गरिएको छ । जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभाग लगायतका निकायमा उजुरी परेको थियाे ।

विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान गर्न पुर्जी काटिसकेको थियो । देउवा परिवार भने हाल नेपाल बाहिर छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.