सेवाग्राही कुट्ने यातायात कार्यालय प्रमुखकाे जिम्मेवारी खाेसियाे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार १६:०४

जनकपुर । सेवाग्राहीलाई आक्रमण गर्ने यातायात व्यवस्था कार्यालय बाराका निमित्त प्रमुख चिन्तन आचार्यको जिम्मेवारी खोसिएको छ । श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले उनकाे जिम्मेवारी खाेसेकाे हाे ।

कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि उनलाई जिम्मेबारीबाट हटाएर मन्त्रालय तानेको हो ।

सोमबार नै उनलाई मन्त्री स्तरीय निर्णयबाट मन्त्रालय तानिएको मन्त्रालयका सूचना अधिकारी सुनिल साहले जानकारी दिए । उनको स्थानमा बारा यातायात व्यवस्था कार्यालयका अधिकृत रामस्वार्थ महतोलाई पठाइएको छ ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीमार्फत बारा प्रहरीले उनलाई कार्यालय झिकाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.