मलाई मार्ने प्रयास भइरहेको छ : अभिषेक गिरी ( भिडियाे)

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार २१:५६

विराटनगर । मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोगको आरोपमा पक्राउ परेका विवादास्पद छवीका अभिषेक गिरीले आफूलाई मार्ने प्रयास भइरहेको गुनासो गरेका छन् । विराटनगरबाट काठमाडौं लैजाने क्रममा उनले आफूलाई मार्ने प्रयास भइरहेको गुनासो गरेका हुन् ।

मोरङ कारागारका कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा पक्राउ परेका गिरीलाई साेमबार जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि प्रहरीले अर्काे मुद्दाकाे अनुसन्धानका लागि सोमबार राति बुद्ध एयरकाे जहाजमार्फत काठमाडौं पठाएको थियो ।

काठमाडौं लैजान खोज्दा नमानेपछि प्रहरीको टोलीले उनलाई जबरजस्ती बोकेर विमानस्थल भित्र लिएर गएको थियो । सोही क्रममा उनले आफूलाई मार्ने प्रयास भइरहेको गुनासो गरे । ‘मलाई मार्ने प्रयास भइरहेको छ, मलाई काटेको छ, मलाई कुटेको छ,’ प्रहरीले बाेकेर लैजादै गर्दा उनले भने,‘मलाई दुःख दिएर मार्ने प्रयास भइरहेको छ ।’

असार १३ गते पक्राउ परेका गिरीलाई जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले सोमबार हाजिरी जमानीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको  थियाे । तर, गिरी थुना मुक्त हुन भने पाएनन् । उनलाई काठमाडौँबाट अर्को पक्राउ पुर्जी जारी भएका कारण  केन्द्रीय अनुसन्धान ब्युरोकाे जिम्मा लगाएकाे माेरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

तपाइको प्रतिक्रिया
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×