राष्ट्रपतिले प्रमाणीकरण गरे तीन विधेयक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १७:२४

काठमाडौं । संघीय संसदले पारित गरेका तीन वटा विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्  ।

राष्ट्रपतिको कार्यालयका अनुसार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ राष्ट्रपति पौडेलले मंगलबार प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्‍को बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएको ती विधेयकहरू नेपालको संविधानको धारा ११३ उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.