
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राज्यले नागरिकलाई आतंकित पार्न नहुने बताएका छन् ।
सञ्चार माध्यमका कार्यालय अघि र नेताका घर जाने बाटोमा निजी गाडी पार्किङ गरिएको घटनाप्रति असन्तुष्टि जनाउँदै उनले संलग्नमाथि अनुसन्धान गरी कारबाही हुनुपर्ने बताए ।
‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफै थप आतङ्कित बनाउने हैन।’
‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको कामप्रति घोर आपत्ति छ,’ उनले भनेका छन् ।



















