परराष्ट्रमन्त्रीले भेटे भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार १६:४१

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हाे ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रसचिव अमृतबहादुरराईसँग पनि उनले आजै भेट गरे। भेटमा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगतिबारे समीक्षा गर्दै प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई अगाडि बढाउने विषयमा विचारविमर्श भएको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.