इरान युद्धको खर्च ३७.५ अर्ब डलर पुग्यो, थप बजेट माग्दै पेन्टागन

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०७:२८

एजेन्सी । इरानसँग जारी सैन्य कारबाहीका कारण अमेरिकाको युद्ध खर्च हालसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बताएका छन् । उनले अमेरिकी सिनेटको विनियोजन समितिमा बोल्दै गत मे महिनाको अनुमानभन्दा युद्ध खर्च करिब ८ अर्ब डलरले बढेको जानकारी दिएका हुन् ।

हेगसेथका अनुसार युद्ध सञ्चालन, सैनिकको तलब, हतियार तथा गोलाबारुदको आपूर्ति निरन्तर राख्न पेन्टागनलाई तत्काल थप बजेट आवश्यक छ । उनले अमेरिकी रक्षा मन्त्रालयका लागि ८७ अर्ब डलर अतिरिक्त बजेट माग गरेका छन् । जसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा जारी सैन्य अभियानका लागि खर्च गरिने प्रस्ताव गरिएको छ ।

Advertisement

उनले आवश्यक बजेट स्वीकृत नभए अमेरिकी सेनाका तालिम कार्यक्रम कटौती गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए । विश्व सुरक्षा अवस्था जटिल बन्दै गएकाले अमेरिकाले आफ्नो सैन्य तयारी कमजोर बनाउन नहुने उनको भनाइ थियो ।

यसैबीच, ह्वाइट हाउसले आगामी आर्थिक वर्षका लागि पेन्टागनको कुल बजेट १.५ ट्रिलियन डलर पुर्‍याउने प्रस्ताव कंग्रेससमक्ष पेस गरेको छ । यो प्रस्ताव पारित भए आधुनिक अमेरिकी इतिहासकै सबैभन्दा ठूलो रक्षा बजेट हुनेछ ।

यद्यपि, डेमोक्र्याट सांसदहरूले भने थप बजेटको आवश्यकता र प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले सामान्य बजेट प्रक्रियालाई बेवास्ता गर्दै ठूलो रकम मागिएको आरोप लगाएका छन् ।

केही सांसदले राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा सफलता दाबी गरिरहेकै बेला थप अर्बौं डलर किन आवश्यक परेको हो भन्ने प्रश्न पनि उठाएका छन् । कंग्रेसको तल्लो सदन बिहीबारदेखि बिदामा जाने र सेप्टेम्बरसम्म संयुक्त बैठक नबस्ने भएकाले पेन्टागनले मागेको बजेट तत्काल स्वीकृत हुने सम्भावना कम देखिएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इराक र जोर्डनमा भएका पछिल्ला सैन्य कारबाहीका क्रममा थप तीन अमेरिकी सैनिकको मृत्यु भएको छ । गत फेब्रुअरी २८ देखि सुरु भएको इरानसँगको युद्धमा हालसम्म १८ अमेरिकी सैनिकको ज्यान गएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×