नेपाल पाकिस्तानसँग पराजित

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १३:०५

काठमाडौं। जापानमा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो।

सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो। जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको समूह बिअन्तर्गतको खेलमा पाकिस्तानसँग नेपाल ५८–४३ अङ्कले पराजित भएको हो।

Advertisement

खेलको पहिलो हाफ नेपालले १७–३० ले गुमायो भने खेलको दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि पर्‍यो। नेपालले दुवै हाफमा कूल ४३ अङ्क बनाउँदा पाकिस्तानले ५८ अङ्क जोड्दै १५ अङ्कको जित निकालेको थियो। नेपालले समूह चरणकै अर्को खेल इरानसँग आजै खेल्दैछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×