प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न त्रिविले बनायो समिति

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १३:५८

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डिनको कार्यालयले एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

गत साउन ८ गते सञ्चालित एमबीएस प्रथम सेमेस्टरको ‘एमबीएस ६१५–अर्गनाइजेसनल बिहेभियर’ विषयको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विश्वविद्यालयले यो कदम चालेको हो ।

Advertisement

गठित छानबिन समितिको संयोजकमा त्रिवि केन्द्रीय विभागका प्रा. डा. अच्युत वाग्ले रहेका छन् । समिति सदस्यहरूमा केन्द्रीय अनुगमन निर्देशनालयका उपनिर्देशक पुष्कर रैखला र केन्द्रीय परीक्षा समितिका सदस्य महेशराज ओझा छन् ।

समितिलाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको त्रिवि व्यवस्थापन सङ्कायका सहायक डिन डा. भरत राईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
इरानमा तत्कालका लागि सैन्य आक्रमण रोक्न ट्रम्पको आदेश
मोबाइल नदिएको निहुँमा साथीको हत्या गरेको खुल्यो
आज राति कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
खोटाङमा पहिरोको त्रास : सिंगो गाउँ जोखिममा
वित्तीय शोषणविरुद्ध लघुवित्त पीडितहरूको प्रदर्शन
२० वर्षपछि पक्राउ परे म्याग्दी आक्रमणको बेला कारागारबाट फरार अभियुक्त 
झापामा सुरक्षा जाँच छल्न खोजेका युवक लागूऔषधसहित पक्राउ
सत्ता समीकरण फेरिएपछि लुम्बिनीका कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा
बदलिएको राजनीति : कांग्रेसद्वारा प्रदेश सभापति र मुख्यमन्त्रीहरूसँग छलफल
डा. केसीको मागबारे छलफल गर्न वार्ता सुरु
प्रश्नपत्र काण्ड : त्रिवि स्ववियूले माग्यो डिन र सहायक डिनको राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×