
सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मङ्गलबहादुर शाहीले दाबी पेस गरेका छन्।
मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन्।
उनलाई नेकपा एमालेले समर्थन गरेको छ। दाबी पेस कार्यक्रममा एमालेका तर्फबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए।
शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दैछन् भने दुई वर्ष प्रमुख प्रतिपक्षमा रहेको नेकपा सत्ता समीकरण बदलिएसँगै पुनः सत्तामा फर्किएको छ।
प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाका अनुसार शाहीको नियुक्ति आजै र शपथ भोलि हुने गरी छलफल भइरहेको छ।

























