
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मत कुमार कार्कीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखको निवास पुगेर प्रदेशका नियमित गतिविधि, समसामयिक परिस्थिति तथा आगामी नीति र योजनाका विषयमा जानकारी गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । भेटका क्रममा प्रदेशको वर्तमान अवस्था, विकासका प्राथमिकता तथा आगामी दिनमा प्रदेश सरकार अघि बढ्ने कार्यदिशाबारे छलफल भएको थियो ।
साथै, सामाजिक सद्भाव, सदियौँदेखि कायम रहेको आपसी एकता र धार्मिक सहिष्णुतालाई थप सुदृढ बनाउँदै प्रदेशलाई सहज र स्थिर ढुंगले अगाडि बढाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ ।

























