२५ करोडभन्दा कम पुँजी भएका उद्योगको सिफारिस प्रदेशबाटै हुने

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १६, शनिबार १२:३७

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी २५ करोड रुपैयाँभन्दा कम भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र सो मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ।

सार्वजनिक सूचना जारी गर्दै विभागले प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने २५ करोडभन्दा कम पुँजी भएका उद्योगका लागि आवश्यक पर्ने मेसिनरी, औजार र कच्चा पदार्थसम्बन्धी कार्य प्रदेशबाटै हुने जनाएको छ।

त्यस्तै रसायन आयात, वण्डेड वेयरहाउस तथा कच्चा पदार्थ खपतको नार्म्स निर्धारणलगायत अन्य छुट, सुविधा र सहुलियतका सिफारिसहरू पनि सम्बन्धित प्रदेश सरकार र सोअन्तर्गतका निकायहरूबाटै हुने विभागले स्पष्ट पारेको छ।

यसैबीच विभागले उद्योग दर्ता र सोसँग सम्बन्धित थप सात प्रकारका सेवा पनि अनलाइनमार्फत नै उपलब्ध गराउने भएको छ। आउँदो साउन १८ गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट ती सेवाहरू अनलाइनमार्फत सम्पादन हुने जानकारी विभागले दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×