चिया निर्यात घट्यो: पूर्वी नाकाबाट ३ अर्ब ५२ करोडको निकासी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १४:१५

इलाम । नेपालका प्रमुख निर्यातजन्य वस्तुमध्येको एक नेपाली चियाको निर्यात गएको आर्थिक वर्ष २०८२/०८३ मा घटेको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०८२/०८३ मा ३ अर्ब ५२ करोड ९६ लाख ६९ हजार रुपैयाँ बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको छ।

Advertisement

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा यो परिमाण र रकम दुवै हिसाबले कम हो। आर्थिक वर्ष २०८१/०८२ मा ४ अर्ब १६ करोड ९३ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो।

गएको मे महिनामा भारतले चिया आयातमा कडाइ गरेपछि केही समय नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प बनेको थियो। जसको प्रत्यक्ष असर समग्र वार्षिक निर्यातको तथ्याङ्कमा देखिएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.