कोशीको मुख्यमन्त्री टुंग्याउन एमालेको बैठक सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १५:१२
कोशीको मुख्यमन्त्री टुंग्याउन एमालेको बैठक सुरु

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा चुलिएको विवाद मिलाउन नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठक विराटनगरमा सुरु भएको छ । विराटनगरको पन्चालीस्थित पार्टी कार्यालयमा सोमबार दिउँसोदेखि बैठक सुरु भएको हो ।

बैठकमा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा एमालेका प्रदेश सभा सदस्यहरूको सहभागिता रहेको छ।

Advertisement

मुख्यमन्त्री पदका लागि पार्टीभित्र दुई वटा धार देखिएपछि सहमति जुटाउन यो बैठक बोलाइएको हो । हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने कि प्रदेश सभाका उपनेता तिलकुमार मेन्याङबोलाई अघि सार्ने भन्ने विषयमा नेताहरूबीच मतभेद देखिएको छ ।

कार्की पक्षले उनकै नेतृत्वमा सरकारले निरन्तरता पाउनुपर्ने दाबी गरिरहेको छ भने अर्को पक्षले नयाँ अनुहारका रूपमा मेन्याङबोलाई जिम्मेवारी दिनुपर्ने अडान राख्दै आएको छ ।

बैठकले मुख्यमन्त्रीको नाममा सहमति जुटाउने वा निर्णयका लागि केन्द्रमा सिफारिस गर्ने भन्नेबारे सबैको चासो रहेको छ । पार्टी भित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन नेताहरू छलफलमा व्यस्त रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.