नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि गुमायो

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार ०९:०७
नेपालले एएफसी यु–२० एसियन कप छनोट पनि गुमायो

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनको असर नेपाली फुटबलमा झन् भयावह बन्दै गएको छ । सोही निलम्बनका कारण नेपालले अब एएफसी यु–२० एसियन कप छनोट प्रतियोगिता पनि गुमाउने निश्चित भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको अद्यावधिक प्रतियोगिता तालिकाबाट नेपालको नाम हटाएसँगै यु–२० राष्ट्रिय टोलीको छनोट यात्रा औपचारिक रूपमा समाप्त भएको हो।

Advertisement

एएफसीले यसअघि नै एन्फालाई पत्राचार गर्दै अगस्ट १ तारिखभित्र फिफाको निलम्बन फुकुवा भएमा मात्र नेपालले प्रतियोगिता खेल्न पाउने सर्त राखेको थियो । तर, तोकिएको समय सीमाभित्र निलम्बन हट्न नसकेपछि एएफसीले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै नयाँ तालिका सार्वजनिक गरेको हो ।

यसअघिको  ‘ड्र’ अनुसार नेपाल डेभलपमेन्ट फेजअन्तर्गत समूह  ‘आई’ मा रहेको थियो । उक्त समूहमा आयोजक मंगोलियासहित ग्वाम र नर्दन मारियाना आइल्यान्ड्स रहेका थिए । नेपालले अगस्ट ३१ मा ग्वामविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने तय थियो ।

फिफाको निलम्बनका कारण नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाएको यो लगातार तेस्रो पटक हो । यसअघि नै नेपालले एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यु–१७ महिला एसियन कप छनोट प्रतियोगिता गुमाइसकेको छ ।

आगामी नोभेम्बरमा बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता अझै अनिश्चित छ । प्रतियोगिताको  ‘ड्र’ सार्वजनिक भइसके पनि त्यसमा नेपालको नाम समावेश गरिएको छैन । एएफसीले सेप्टेम्बर १ सम्मको समय सीमा तोकेको छ । यदि उक्त मितिसम्म निलम्बन हटेमा मात्र नेपाललाई समूह  ‘ए’ मा समावेश गरिने सम्भावना रहनेछ ।

एन्फामाथिको निलम्बन लम्बिँदै जाँदा नेपाली फुटबलको साख मात्र गिरेको छैन, उमेर समूहका खेलाडीहरूको वृत्ति विकास र उनीहरूले पाउने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसरसमेत खोसिएको छ ।  यसले नेपाली फुटबलको समग्र भविष्यलाई नै संकटमा धकेल्ने चिन्ता खेल क्षेत्रका जानकारहरूले व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×