विराटनगरमा ‘एलाइट फाइट्स’: खेलकुदबाट लागुऔषधविरुद्धको अभियान

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १६:०३
विराटनगरमा ‘एलाइट फाइट्स’: खेलकुदबाट लागुऔषधविरुद्धको अभियान

विराटनगर । लागुऔषधविरुद्ध जनचेतना जगाउने उद्देश्यले विराटनगरमा पहिलो पटक फरक शैलीको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरको टीडब्लुवाइसी क्लबले ‘एलाइट फाइट्स नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

हालको समयमा लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको र यसले समाजमा अशान्ति निम्त्याइरहेकाले खेलकुदका माध्यमबाट सचेतना फैलाउन यो प्रतियोगिता सुरु गरिएको हो । मोरङ जिल्ला फुटबल संघका महासचिव एवं प्रतियोगिताका संयोजक विनेश बस्नेतका अनुसार आगामी भदौ ५ गतेदेखि १० गतेसम्म विराटनगरस्थित सहिद रंगशालामा यो खेल सञ्चालन हुनेछ ।

यो प्रतियोगिताको मुख्य विशेषता यसका खेलाडीहरू हुन् । अन्य प्रतियोगिताहरू जस्तो यसमा व्यावसायिक क्लबका खेलाडी हुने छैनन् । यसमा विभिन्न सुधार केन्द्र (रिह्याब सेन्टर) मा बसेर फर्किएका वा सुधारको प्रक्रियामा रहेका युवाहरूले मात्र भाग लिनेछन् । ‘युवा पुस्तालाई लागुऔषधबाट टाढा राख्न, उनीहरूलाई समाजमा पुनः स्थापित गराउन र खेलकुदमार्फत सकारात्मक सन्देश दिन हामीले यो जमर्काे गरेका हौँ,’ संयोजक बस्नेतले भने, ‘हाम्रो मुख्य नारा नै ‘से नो टु ड्रग’ हो ।’

प्रतियोगितामा मोरङ जिल्लाका १० वटा सुधार केन्द्रका टिमहरूले सहभागिता जनाउँदै छन् । जसमा विराटनगरका ६ वटा केन्द्रहरू जीवन दृष्टि पुनर्स्थापना केन्द्र, क्यान भास पुनर्स्थापना केन्द्र, रिचमण्ड फेलोसिप, स्पर्श मोरङ, प्लस थ्री पुनर्स्थापना केन्द्र र न्यु लाइफ फेलोसिप रहेका छन् । यस्तै, बेलबारीको बेलबारी प्लस, केराबारीको उद्धार पुनर्स्थापना केन्द्र, सुन्दरहरैँचास्थित विराट चोकको आश्रय सुधार केन्द्र र उर्लाबारीको जीवन बचाउ पुनर्स्थापना केन्द्रले पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार १ सय, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×