पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन आजदेखि: १५ विधामा ४०० खेलाडी भिड्दै

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार ०८:१९
पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन आजदेखि: १५ विधामा ४०० खेलाडी भिड्दै

काठमाडौं । ब्याडमिन्टन खेलको प्रतिष्ठित प्रतियोगिता ‘पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन’ को चौधौँ संस्करण सोमबार (आज) देखि ललितपुरको ग्वार्कोस्थित यल स्पोर्टस् एकेडेमीमा सुरु हुँदैछ ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ र यल स्पोर्टस् एकेडेमीको संयुक्त आयोजनामा हुने यो प्रतियोगिता साउन ३० गतेसम्म चल्ने छ। खेलाडीको उत्साहजनक सहभागिताका कारण यस पटक प्रतियोगिताको अवधि एक दिन थप गरी ७ दिन पुर्‍याइएको छ।

प्रतियोगितामा १५ वटा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । जसमा शीर्ष ८ वरियताका महिला / पुरुष एकल, शीर्ष ८ बाहेकका एकल, खुला युगल, यु–११, यु–१५, र यु–१९ (छात्र / छात्रा) का साथै ३५, ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगल समावेश छन् । मास्टर्स विधामा विदेशी खेलाडीहरूलाई समेत आमन्त्रण गरिएको छ ।

कुल ४१ लाख ५ हजार लागत अनुमान गरिएको यस प्रतियोगिताको पुरस्कार राशि १० लाख ७८ हजार रुपैयाँ रहेको छ । शीर्ष ८ वरियताको विधामा विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, लिग चरणमा खेल्ने खेलाडीले सहभागिता बापत १५ सय र प्रत्येक जित बापत थप १५ सय रुपैयाँ पाउने छन् ।

प्रतियोगितामा लगातार तीन संस्करण जित्ने खेलाडीलाई विशेष पुरस्कार स्वरूप मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । यसअघि प्रिन्स दाहालले लगातार तीन पटक जितेर मोटरसाइकल प्राप्त गरिसकेका छन् ।
प्रतियोगिताको आकर्षण बढाउन विश्व ब्याडमिन्टन परिषद् सदस्य एवं पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष वाजिद अली चौधरीको समेत उपस्थिति रहने महासचिव सुनिलमान शाक्यले जानकारी दिएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, प्रहरी, एपीएफ) सहित ६० जिल्लाका करिब ४०० खेलाडीले आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×