
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले लेग सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय कप्तानमा नियुक्त गरेको छ । आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने ‘एसीसी प्रिमियर कप’ लाई लक्षित गर्दै क्यानले सन्दीपलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो ।
मलेसियामा हुने सो प्रतियोगितादेखि नै लागू हुने गरी सन्दीपले टोलीको कप्तानी सम्हाल्ने क्यानले जनाएको छ । लामो समयपछि सन्दीपले पुनः राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
क्यानले कप्तानको घोषणासँगै कसिसि प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको पनि घोषणा गरेको छ । घोषित टोलीमा अनुभवी खेलाडीहरूसँगै युवा प्रतिभाहरूलाई पनि स्थान दिइएको छ । टोलीमा भरपर्दा ब्याटरहरू आसिफ सेख र रोहित पौडेलका साथै अलराउन्डर दीपेन्द्र सिंह ऐरी र तीव्र गतिका बलर करण केसी रहेका छन् । यस्तै, अर्जुन कुमाल, हेमन्त धामी र सेर मल्ल जस्ता युवा खेलाडीहरूले पनि टोलीमा स्थान बनाएका छन् ।
घोषित नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, सेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा ।
नेपाली टोली आगामी अगस्टको अन्त्यमा मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ । नयाँ कप्तान र नयाँ जोसका साथ मैदान उत्रिने नेपाली टोलीले कसिसि प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।


























