वीरगन्जमा ५२ लाख ५० हजार नगदसहित चार पक्राउ

Share this
813shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १०:०६
वीरगन्जमा ५२ लाख ५० हजार नगदसहित चार पक्राउ

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्श नगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।  सोमबार साँझ ६ः३० बजे आदर्श नगर क्षेत्रमा दुई वटा मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त ठुलो परिमाणको नगद बरामद गरेको हो ।

भारत बिहारका २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनीका ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्सा विन्दवासिनीका २५ वर्षीय राहुलकुमार गुप्तालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरको मोटरसाइकलमा सवार चारै जनाको साथबाट सो रकम फेला परेको हो ।

प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको छ।

बरामद रकममा १ हजार दरका ४ हजार ५ थान (४० लाख ५ हजार), ५ सय दरका २ हजार ३ सय ५३ थान (११ लाख ७६ हजार ५००), १ सय दरका ६ सय ४३ थान र ५० दरका ८४ थान नोटहरू रहेका छन् ।

स्रोत नखुलेको सो रकम र मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×