इरानको धम्कीपछि ट्रम्पले यसरी बदलेका थिए विमान

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ११:४२

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट आएको हत्याको धम्कीपछि टर्कीबाट गोप्य रूपमा एउटा सानो विमानमार्फत बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ।

उनी ठूलो आकारको ‘एयर फोर्स वन’ विमानमा चढेको देखिए पनि पछि सो विमानबाट अलग्गिएर सानो सी-३२ए विमानमार्फत टर्कीबाट बाहिरिएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ। वासिङ्टन पोस्टसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले राष्ट्रपति ट्रम्प गत जुलाई ८ मा अंकारामा एयर फोर्स वन विमानमा चढेको जानकारी दिएका छन्।

विमानमा जोडिएको खानपान सामग्री राख्ने कन्टेनरमार्फत उनलाई गोप्य रूपमा सानो सी-३२ए विमानसम्म पुर्‍याइएको र सोही विमानले उनलाई सुरक्षित रूपमा बेलायत पुर्‍याएको बताइएको छ। यस प्रक्रियाका क्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही उच्च अधिकारीहरूलाई समेत राष्ट्रपति ट्रम्प अझै ठूलै एयर फोर्स वनमा रहेको भ्रममा राखिएको थियो। ठूलो विमानमा सवार पत्रकारहरूलाई यात्राका क्रममा आफ्ना झ्यालका पर्दाहरू बन्द राख्न निर्देशन दिइएको थियो।

इरानी प्रोक्सी समूहहरूबाट हुन सक्ने सम्भावित खतराका कारण राष्ट्रपति ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले अमेरिकालाई उपहारस्वरूप दिएको नयाँ बोइङ ७४७-८ विमान प्रयोग नगरेको सञ्चारमाध्यमहरूले जनाएका छन्। कतारको शाही परिवारले गत वर्ष राष्ट्रपति ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहारस्वरूप दिएको थियो।

उक्त नयाँ विमानमा पुरानो एयर फोर्स वनमा जस्तै आवश्यक सम्पूर्ण सुरक्षा सुविधाहरू, विशेष गरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली (मिसाइल डिफेन्स सिस्टम) पूर्ण रूपमा जडान भइनसकेको बताइएको छ।

वासिङ्टन पोस्टको यस रिपोर्टका सम्बन्धमा ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षा व्यवस्थाको बचाउ गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको दाबी गर्दै राष्ट्रपति र उनका कर्मचारीहरूको पूर्ण सुरक्षा सुनिश्चित गर्न उच्चस्तरीय सुरक्षा प्रोटोकलहरू लागू गरिएको स्पष्ट पारेका छन्।

तपाइको प्रतिक्रिया
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×