पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा

Share this
608shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार २०:२५
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा

काठमाडौं । काठमाडौंमा जारी १४ औँ पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा नेपाल पुलिस क्लबका कबिर केसी र धन्यन्तरी क्लबका सुहम कार्कीले पुरुष यू–१९ तर्फको अन्तिम ३२ मा स्थान बनाएका छन् ।

नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगितामा कबिरले त्रिभुवन आर्मीका आशुतोष कसौधनलाई २१–११ र २१–६ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा सुहमले फिटनेस पार्कका समीर खड्कालाई २१–१९ र २१–१२ ले पन्छाउँदै अघिल्लो चरणको यात्रा तय गरे ।

Advertisement

पुरुष यू–१९ एकलतर्फका अन्य प्रतिस्पर्धामा आर्मीका प्रतीक विष्टले तारकेश्वर युथ क्लबका दीप भट्टलाई, धादिङका आयुष मगरले आइबिएससीका कृष्ण तामाङलाई र आर्मीका सौर्य महर्जनले लभ ब्याडमिन्टन एकेडेमीका राम जीवन चौधरीलाई पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरे ।

त्यस्तै, पुलिसका रितिक आचार्यले वाकओभर पाए भने इलामका गजेन्द्र बस्नेत र कञ्चनपुरका उदय चन्दले पनि आआफ्नो खेल जितेर अघिल्लो चरणमा प्रवेश गरे । अन्तिम ३२ मा पुग्ने अन्य खेलाडीहरूमा सुदेश राजकोटी, सोनाम ओली, सुविन श्रेष्ठ, युसुफ गुरुङ, शिशिर राणा, निश्चल अग्रहरी, सक्षम गुरुङ, प्रिन्स विक, सन्दीप राई लगायत रहेका छन् ।

ग्वार्काेस्थित योन स्पाेर्ट्स एकेडेमीको कभर्ड हलमा भइरहेको प्रतियोगिताको पुरुष यू–१५ एकलतर्फ पनि अन्तिम ३२ मा पुग्ने खेलाडीहरूको टुंगो लागेको छ । सो विधामा सुहम कार्की, प्रशान्त बुढाथोकी, उदय चन्द, निश्चल अग्रहरी, रिजन मगर, इशान गिरी, प्रज्वल बज्राचार्य, रितिक आचार्य र सुशान्त प्रजापति लगायतले खेल जित्दै अन्तिम ३२ मा स्थान बनाए ।

प्रतियोगितामा देशभरका विभिन्न क्लब र जिल्लाका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×