विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार ०६:३०
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

भारतको जोगबनीबाट नेपाल आउँदै गरेका सुनसरीको धरान उपमहानगरपालिका–१४ का ३५ वर्षीय शंकर तामाङलाई ब्राउन सुगरसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई शंका लागेर जाँच गर्दा उनको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×