
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त दुई बोर्ड सदस्यहरूलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट सोमबार सदस्यमा मनोनीत भएका एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथलाई राखेपले औपचारिक रूपमा स्वागत गरेको हो ।
राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंह र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले नवनियुक्त सदस्यद्वयलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
मनोनीत सदस्यहरूले नेपाली खेलकुदको विकास र विस्तारमा आफ्नो अनुभव र विज्ञता प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै सदस्यलाई खेलकुद मन्त्रालयले सोमबार मात्रै राखेपको बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

























